nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मेघा अडिसनमा गायनतर्फ १० र नृत्यतर्फ २० जनाले प्रतिस्पर्धा गर्दै

39105189_433334620408057_-1534044934.jpg

पालुङ जेसिजको आयोजनामा भईरहेको धर्मलाल एकल गायन तथा गोपीकृष्ण एकल नृत्यको मेघा अडिसनमा ३० जना छनौट भएको छन्। गायनतर्फ १० र नृत्यतर्फ २० गरि मेघा अडिसनका लागि ३० जना छनौट भएका हुन् । 
शनिवार पालुङ जेसिजको आफनै हलमा भएको प्रि अडिसनबाट गायन तर्फ ३ जना र नृत्य तर्फ ८ जना मेघा अडिसनको लागि छनौट भएका थिए । त्यसैगरि बज्रबाराहीमा भएको प्रि अडिसनबाट गायततर्फ २ जना र नृत्यतर्फ ६ जना, चित्लाङमा भएको प्रि अडिसनबाट गायनतर्फ ५ नत्यृतर्फ ६ जना छनौट भएका थिए । बिजयश्याम अमात्य , शोभिता गोपाली, सुसान्त गोपाली र पर्मेस्वर गजमेरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गायनमा १७ र नृत्यमा ५० गरि जम्मा ६७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाईनल भने  तिज विशेष सास्कृतिक कार्यक्रमको साथमा पाण्डुकेश्वर मन्दिुर परिसरमा हुने महासचिव सानोबाबु मुक्तानले जानकारी दिए ।

 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।