Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुख्यमन्त्री पौडेलको हेटौंडामै शल्यक्रिया

Dormani-1552891038.jpg

उच्च पदस्थ नेता तथा मन्त्रीहरूले उपचार गराउन विदेश जाँदा आलोचित हुँदै आएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने हेटौंडामै शल्यक्रिया गराएका छन् ।

पौडेलले ३ चैत्रमा हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गराएका छन् । आँखाका लागि प्रख्यात डाक्टर डा। सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया पाँच मिनेटमै गरेका थिए । बिहान सवा ११ बजे शल्यक्रिया गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । शल्यक्रियापछि मुख्यमन्त्री क्वाटरमै विश्राम गरी सोमबार मात्रै आँखाको पट्टी खोलिने अस्पतालले जनाएको छ ।

चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यक्रियाका लागि सुझाव दिएको पारिवारिक स्रोतले जनाएको छ । मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए । मुख्यमन्त्री पौडेलसँगै दुई सयजनाको पनि निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ । शल्यक्रियामा डा। रुइतसहित सामुदायिक आँखा अस्पतालका डाक्टरहरू सुनिल थकाली र होमबहादुर गुरुङलगायतको टोलीले अप्रेसन गरेका थिए । शल्यक्रिया गराउनेमा मकवानपुर, बारा र पर्साका विपन्न परिवारका महिला र वृद्धवृद्धा अत्यधिक रहेका छन् । नेपाल र थाइल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं वर्ष पुगेको अवसरमा थाई दूतावास र थाई विहार, लुम्बिनीको सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०