nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुक्तक साँझमा श्रेष्ठ सम्मानित

झरना साहित्यिक परिवार, मकवानपुरको २१३ औं साहित्य श्रृङ्खलाका अवसरमा मुक्तक साँझ–२०७३ तथा खुल्ला मुक्तक प्रतियोगिता वरिष्ठ मुक्तककार शान्तिनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा २६ चैत्रमा हेटौँडामा सम्पन्न भएको छ ।

साहित्यकारहरू तुल्सी थापा तथा आर. आर.चौँलागाईँको विशेष आतिथ्तता रहेको कार्यक्रममा गणेशकुमार पौडेल, देवराज खरेल, तिर्थदेवी सिल्वाल, राम अविकास, छवि अनित्य, चिरञ्जीवी लामिछाने, सञ्जित श्रेष्ठ, राजेश थापा, सुरेश श्रेष्ठ, देवराज लामिछाने लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गरेका थिए । 

कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीद्वारा आफ्ना मातापिताको स्मृतिमा स्थापित रू. ५,५५५ राशि सहितको  शिवसावित्री मुक्तक साहित्य सम्मान–२०७३  प्रमुख अतिथि श्रेष्ठलाई प्रदान गरिएको थियो ।

साथै खुल्ला मुक्तक प्रयियोगितामा वाचित मुक्तकमध्ये सर्वोत्कृष्ट छनोट हुन सफल मुक्तकका स्रष्टा विवेक फुयाँललाई रु. ११११।– राशि सहितको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । मुक्तकको निर्णायक मण्डलमा देवराज तिवारी, सुवास खनाल तथा विश्ववनाथ सञ्जेल रहेका थिए ।
झरना साहित्यिक परिवार, मकवानपुरले हरेक वर्ष चैत महिनामा सशुल्क प्रवेश सहितको मुक्तक साँझ तथा खुल्ला मुक्तक प्रतियोगिता आयोजना गर्दै आएको छ ।