nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मिसेस मकवानपुरको प्रशिक्षण शुरु

Mrs-Makwanpur-(3)-(1)-1532579830.JPG

मिसेस मकवानपुर २०१८ प्रतियोगितामा सहभागीहरुका लागि बुधबारबाट प्रशिक्षण शुरु गरिएको छ । हेटौंडा लेडी जेसिसले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका ११ जना विवाहित महिला प्रतिस्पर्धी रहेका छन् ।

२० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा लेडी जेसिसकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्य तथा वर्तमान अध्यक्ष अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगिताले महिलाहरुको आत्मबल विकास गर्दै नयाँ अवसरको सृजना गर्ने बताउँदै लेडी जेसिसकी संस्थापक अध्यक्ष गोर्खालीले सामाजिक रुपमा नयाँ परिचय स्थापित गर्ने बताईन् । जेसिसकी अध्यक्ष श्रेष्ठले विजेताले मिसेस मकवानपुर उपाधीसहित नगद २५ हजार, फस्र्ट रनरअपले १५ हजार र सेकेन्ड रनरअपले १० हजार सहित उपहारहरु प्राप्त गर्ने बताईन् । प्रतियोगितामा सहभागिहरुलाई विभिन्न पुरस्कारहरु समेत प्रदान गरिने समेत उनले बताईन् ।

प्रतियोगिताकी कार्यक्रम संयोजक तथा जेसिसकी जनसम्पर्क अधिकारी सोफिया फागोले मिसेस मकवानपुरका उत्कृष्ट १५ प्रतिष्पर्धीलाई टाईटल वितरण गरिने बताईन् । प्रतियोगिताको फाईनल यही श्रावण २६ गते हेटौंडाको ओम्याक्स हलमा हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा बसामाडी जेसिसका अध्यक्ष हरि शर्मा, हेटौंडा लेडी जेसिसकी पूर्व अध्यक्ष रश्मी बस्नेत, निवर्तमान अध्यक्ष निशा रोक्का, हेटौंडा जेसिसका निवर्तमान अध्यक्ष अरुणकुमार दाहाल लगायतको आतिथ्य रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)