Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माहात्मा गान्धीको जन्मोत्सवको अवसरमा युवा समिति मकवानपुरका अध्यक्ष चौँलागाई सम्मानित

Yuwa-1538528179.jpg

अहिंसाको पुजारीको रुपमा संसारभर चिनिएका माहात्मा गान्धीको १ सय ५० औँ जन्मोत्सव तथा अहिंसा दिवसको अवसरमा तुलसी मेहर मेमोरियल बोर्डिङ स्कुल तथा स्वामी विवेकानन्द एम्वेसी अफ इनडीया इन नेपालको आयोजनमा हेटौंडामा भव्य कार्यक्रम भएको छ । कार्यक्रमको अवसरमा युवा स्वरोजगारको विषयमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईलाई सम्मान गरिएको थियो । प्रतियोगितामा सबै विजेताहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विश्वका सबै नागरिकहरु शान्तिको लागि अझैपनि तड्पिरहेको बताए । माहात्मा गान्धिले शान्तिपूर्ण आन्दोलनबाट पनि महत्वपूर्ण आन्दोलन सफल हुन्छ भन्ने पुष्टी गरेको भन्दै विश्वमा हत्या हिंसा रोक्न उनको जीवन प्रेरणा बन्न सक्ने बताए ।

विद्यालयमा भएको बक्तृत्वकला कार्यक्रममा जिएस निकेतनकी उनुर चौलागाई प्रथम, वाल जागृतिकी प्रज्ञा मिश्र द्वितिय, सोलिड्यारेटीका विजय प्रसाद तृतिय तथा व्रम्हदिपका कृतिका लौडारी सान्तवना भएका छन् । उनीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । 

कार्यक्रममा प्राध्यापक बद्री शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष यम सिलवाल, स्वामि विकेवाकन्द एम्वेसि अफ इन्डीया इन नेपालका प्राध्यापक केदारनाथ शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)