nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मार्खु सब–स्टेशन संचालन गरि उत्तरी मकवानपुरमा विद्युत नियमित गर्न छलफल
३३ के.भि. लाईन निर्माणमा भएको अवरोध तत्काल हटाईने  

62652648_358104154891482_-1560687244.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा विद्युत आपूर्ति नियमित बनाउनको लागि नेपाल विद्युत प्राधिकरण र सरोकारवालाहरु जुटेका छन् । विद्युत आपूर्ति नियमित नभएको अवस्थामा यसलाई सहज र नियमित बनाउन मातातिर्थ–मार्खु ३३ के.भी. प्रशारण लाईनको बाँकी काम तत्काल शुरु गर्ने ३२ जेठमा मार्खुमा भएको सरोकारवालाहरुको बैठकमा निर्णय भएको छ । इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका जनप्रसतनीधि, विद्युत प्राधिकरण तथा सरोकारवालाहरुको भेला बसेको थियो । 


मार्खुमा भएको छलफलपछि अयोजनाको बाँकी काम तत्कालबाट शुरु गर्ने सहभती भएको छलफलमा सहभागी फरकसोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । सहज विद्युत वितरणका लागि मातातिर्थबाट मार्खुसम्म १८ कि.मी. ३३ के.भि. लाईन निमार्ण गरी मार्खुमा ३३/११ को ६/८ एम.भि.ए.को सब–स्टेशन निर्माण गरि विद्युत वितरण गर्न आयोजनाको निर्माण थालिएको ६ बर्ष वितिसक्दा पनि कामले पूर्णता पाउन नसकेपछि सरोकारवलाहरुको भेला बसेको हो । मार्खुमा सब–स्टेशन तयार भएपनि मातातिर्थ मार्खुको फाखेल खण्डमा लाईन निर्माण हुन नसक्दा आयोजना अलपत्र परेको हो । सव स्टेशनसम्म लाइृन विस्तारका क्रममा फाखेलमा स्थानीयबासीले विद्युत लाईन परिवर्तन गर्नुपर्ने माग राख्दै पटक पटक अवरोध गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि पनि पटक पटक छलफल भई आयोजना तथा विद्युत प्राधिकरणको तर्फबाट स्थानीयको माग सम्बोधन गर्न प्राधिकरणले पोल ट्रान्सफर्मर उपलब्ध गराएको थियो । आयोजनाका लागि माग र आवश्यक विद्युत पोल तथा उपकरणहरु उपलब्ध गराउने आयोजना प्रमूख सुरेन्द्र चौधरी र पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले प्रतिवद्धता व्यक्त गरे । सव स्टेशनसम्म विद्युत लाईन विस्तार गर्न लाईनको रुटमा पर्ने बन तथा अन्य अबरोधहरुको १० दिन भित्रमा पहिचान गरि प्राधिकरणमा जानकारी गराउने जनप्रतिनिधीहरुले जिम्मा लिएका छन् । विस्तृत जानकारी प्रापत भएको १० दिन भित्रमा आयोजनाले काम शुरु गर्ने सहमती भएको पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले जानकारी दिए । 

विद्युत लाईन निर्माण बाँकी रहेको ईन्द्रसरोवर ४ फाखेलमा सो वडाका अध्यक्ष धनराज महर्जन ईन्द्रसरोवर १ क्षेत्रमा सोही वडाका अध्यक्ष जमानसिंह वाईवाको नेतृत्वमा सघाउने र त्यसको अनुगमन र आवश्यक सहयोग गाँउपालिका अध्यक्ष जीवन लामाले गर्ने भेलामा सहमती भएको छ भने थाहा नगरपालिकाको ९ नं. वडा क्षेत्रमा सो वडाका वडा अध्यक्ष परशुराम श्रेष्ठले समन्वय गर्ने सहमती भएको छ । छलफलमा आयोजनाको काम तथा विद्युत प्राधिकरणका कर्मचारीले उपभोक्ता मैत्री व्यवहार गर्न पनि माग गरेका थिए । ठेकेदारले लापरवाही ढंगले काम गरेका कारण कामको गुणस्तर राम्रो नभएको स्थानिएको आरोप छ । आयोजना सम्पन्न नहुँदा अहिले उत्तरी मकवानपुरमा विद्युत नियमित हुन सकेको छैन । धोर्सिङ्ग सब–स्टेशनबाट आएको हाल पालुङ वितरण केन्द्रले वितरण गरेको ११ के.भी. को लाईन १ सय ६० कि.मी. भन्दा लामो छ । विद्युत प्रधिकरणको प्रविधिक नम्र्स अनुसार सब स्टेशनबाट ११ के.भी. लाईन २५ कि.मी. मात्र हुनु पर्छ । अन्यत्र विकल्प नभएको र आवश्यक्ताका आधारमा वितरण गर्दै जाँदा हाल पालुङ्ग वितरण केन्द्रले वितरण गर्ने लाईन पुर्वमा ईपापञ्चकन्या ठिङ्गन पुगिसकेको छ भने पश्चिम डाँडाखकर्, बैकुण्ठ पुगिसकेको लाईन एउटै फिडरबाट संचालन भईरहेको छ ।

आयोजना सम्पन्न भए मातातिर्थबाट मार्खुसम्म ३३ के.भी. लाईन मार्फत मार्खुको सब स्टेशनबाट निश्कने ३ ओटा फिडरमध्ये एउटा फिडर फाखेल सिस्नेरी, अर्को फिडर मार्खु चित्लाङ बज्रबाारही टिस्टुङ र एउटा फिडर दामनपालुङ आग्रा गोगने डाँडाखर्क वितरण गर्ने योजना रहेको प्राधिकरण पालुङले जनाएको छ । 

छलफलमा मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का संसद विरोध खतिवडा, थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार बिष्णु बिष्ट, ईन्द्रसरोवर गाँउपालिकाका अध्यक्ष जीवन लामा, इन्द्रसरोवर–१ का वडा अध्यक्ष जमान सिं वाईबा, थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदी, थाहा–९ का वडा अध्यक्ष पर्शुराम श्रेष्ठ, नेकपामा मकवानपुर जिल्ला सदस्य विष्णुप्रसाद ढकाल, नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख सन्तोष पन्त, मातातिर्थ मार्खु आयोजना प्रमुख सुरेन्द्र चौधरी, ठेकेदार एस.पि. लामालगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


थाहानगरको पालुङमा पनि सब–स्टेशन बन्ने 
विद्युत प्राधिकरणले थाहा नगरपालिकाको पालुङ तथा आग्रा क्षेत्रलाई समेटेर अर्को सबस्टेश निर्माणको प्रक्रिया अगाडी बढाएको छ । मार्खु बाटै ३३ के.भी. लाईन ल्याएर ३३/११ को ६/८ एम.भि.ए. क्षमताको सब–स्टेशन निर्माण गर्न जगा खरिदको लागि  आयोजनाले सार्बजानिक सूचना प्रकाशन गरेको छ । जग्गा प्राप्तीको प्रक्रिया सकिनासाथ सब–स्टेशन निर्माण तथा लाईन निर्माणको कार्य शुरुहुने आयोजानले बताएको छ ।