Sunday, 6th September, 2026
वि.स.

मार्खुका दश जोडी सम्मानित

१६ दिने महिला हिँसा विरुद्धको अभियानको अवसरमा मकवानपुरको मार्खुमा १० जोडीलाई सम्मान गरिएको छ । नारी सीप सृजना केन्द्रले लैङ्िगक सम्बन्धमा सुधार भएकामा मार्खुका १० जोडीलाई सम्मान कार्यक्रम गरेको सामाजिक परिचालक सम्झना बलामीले बताइन् । 

मार्खु गाविसमा भएको समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा मार्खु गाविसका सहायक रामकुमार रिमालले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा छलफल केन्द्रमा आवद्ध महिलाहरु, स्थानीय संघ संस्थाका पदाअधिकारी तथा स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।

नारी सीप सृजना केन्द्रले मकवानपुरको मार्खु, चित्लाङ, फाखेल, कुलेखानी र सिस्नेरी गाविसमा महिला नेतृत्व परियोजना संचालन गरिरहेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif