nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मानिसको छालामा कति लामो समयसम्म बाँच्न सक्छ कोरोनाभाइरस ?

hand-1602115339.jpg

नयाँ कोरोनाभाइरस मानिसको छालामा फ्लू भाइरसभन्दा पनि धेरै लामो समयसम्म बाँचिरहन सक्ने कुरा पत्ता लागेको छ । जापानमा गरिएको एक अध्ययनमा सो कुरा पत्ता लागेको हो ।

सार्स–कोभ–२ नाम गरिएको, अहिले महामारी फैलाइरहेको र कोभिड–१९ गराउने भाइरस मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने सो अध्ययनमा देखिएको थियो । त्यसको ठीक विपरीत मानिसलाई फ्लू गराउने इन्फ्लुएन्जा भाइरस चाहिँ मानिसको छालामा २ घण्टा जति मात्रै बाँच्न सक्छ ।

त्यसो त यसो भन्दैमा आत्तिइहाल्नुपर्ने कुरा चाहिँ छैन । किनभने यी दुवै भाइरसहरु स्यानिटाइटरको. प्रयोग गर्दा वा साबुन पानीले हात धुँदा निस्क्रिय हुने गर्छ ।

यो अध्ययनले कोरोनाभाइरसको संक्रमणलाई रोकथाम गर्न वा फैलिन नदिनको लागि साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न किन जरुरी छ भन्ने कुराको महत्वलाई पुनःपुष्टि गरेको छ ।

क्लिनिकल इन्फेक्सियस डिजिजेज नामक अनलाइन जर्नलमा प्रकाशित सो अध्ययन रिपोर्टका लेखकहरुअनुसार, यो अध्ययनले अरु इन्फ्लुएन्जा भाइरसको तुलनामा सार्स–कोभ–२ सम्पर्कको माध्यमबाट छिटो सर्न सक्ने देखाएको छ । उनीहरुका अनुसार, यो अध्ययनको नतिजाले सार्स–कोभ–२ को संक्रमण फैलिनबाट रोक्नको लागि हातको स्वास्थ्यसम्बन्धी कुरा किन महत्वपूर्ण छ भन्ने कुरालाई पनि समर्थन गरेको छ । 

यो भाइरसले महामारीको रुप लिनुभन्दा पहिले अमेरिकामा सार्स–कोभ–२ कति लामो समयसम्म सतहमा बाँच्न सक्छ भन्नेबारेमा अध्ययन गरिएको थियो । त्यसबेला यो भाइरस तामामा ४ घण्टा तथा गत्ता वा कागजको बोर्डमा २४ घण्टा तथा प्लाष्टिक र स्टेनलेस स्टीलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखिएको थियो ।

त्यसो त यो भाइरस मानिसको छालामा कत्ति लामो समयसम्म बाँच्न सक्छ भनेर जाँच्न सजिलो थिएन । यो प्रयोग सोझै मानिसको छालामा गरिनु पनि नैतिक तथा व्यहारिक हिसाबले सही थिएन । त्यसैले जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले मानिसको लाशबाट लिइएका छालाको नमूनाबाट छालाको मोडेल तयार गरेका थिए । उक्त छाला मृतकको मृत्युको एक दिनपछि संकलन गरिएको थियो । अनुसन्धानकर्ताहरुका अनुसार, मानिस मररेको २४ घण्टापछि पनि छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ । यसको अर्थ के हो भने मानिस मरेको केही समयपछिसम्म पनि यसको काम क्रियाशील नै रहिरहेको हुन्छ । त्यस हिसाबले पनि यो अध्ययनमा त्यसरी संकलन गरिएको नमूना छाला सही नमूना हुने अनुसन्धानकर्ताहरुले जिकिर गरेका छन् ।

त्यसरी प्राप्त छालाको मोडेल प्रयोग गरेर अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ भमानिसको छालामा ९.०४ घण्टासमम बाँच्न सकेको फेला पारे । जबकि इन्फ्लुएन्जा भाइरस १.८२ घण्टासम्म मात्रै बाँच्न सकेको देखियो । जब त्यो कोरोनाभाइरसलाई खोकी वा हाँच्छिउ गर्दाको अवस्थाको प्रतिरुपको रुपमा म्युकससँग मिसाइयो, त्यो बेलामा त्यो भाइरस झनै बढी समय, करिब ११ घण्टासम्म बाँचेको देखियो ।

रोचक कुरा के भने ८० प्रतिशत इथानोल भएको स्यानिटाइजर प्रयोग गर्दा ती दुवै भाइरसहरु १५ सेकेण्डमा नै निस्क्रिय भएको पनि अनुसन्धानकर्ताहरुले फेला पारे ।

यो अनुसन्धानको आधारमा उनीहरुले भनेको छन्, ‘सही ढंगले हातलाई स्वस्थ राखने हो भने । त्यसले सार्स–कोभ–२ लाई चाँडै निस्क्रिय तुल्याइदिन्छ र संक्रमित हुने जोखिमलाई पनि न्यून गराइदिन्छ ।’

उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले सार्स–कोभ–२ ले दुषित भएको छालाले मानिसलाई संक्रमित तुल्याउन भाइरसको कति मात्रा आवश्यक हुन्छ भन्नेबारेमा थप अनुसन्धान हुनुपर्ने पनि जनाएका छन् ।

स्रोत : लाइभसाइन्स



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg