nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मानवअधिकार उल्लंघन भइरहेकोमा चिन्ता ब्यक्त

मानवअधिकारवादी अभियन्ता सुदीप पाठकले मानव अधिकारको रक्षाका लागि सरकारसँग जनता समेत सचेत हुनुपर्ने बताएका छन् । 

पश्चिम मकवानपुरको मनहरीमा आयोजित मानवअधिकारमुखी विकास पद्धति बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् । उनले पछिल्लो समय मानव अधिकार उल्लंघनका घटनाहरु बढेर गएको प्रति चिन्ता ब्यक्त गरेका छन् । एकापक्षले मानवअधिकार संरक्षणको कुरा गरिरहँदा अर्काे पक्षको मानव अधिकारको रक्षाका लागि पनि सोच्नुपर्ने उनको भनाई थियो । 

मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले सरकारले मानवअधिकार रक्षाका लागि विभिन्न ऐन तथा कानूनहरु निर्माण गरेपनि कार्यान्वयनमा ढिलाई भइरहेको सुनाए । सरकार त्यस्ता ऐन कानूनहरुको कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए । 

राष्ट्रिय मानवअधिकार आयोग ३ नं प्रदेशले आयोजना गरेको कार्यक्रममा मानवअधिकारवादी यज्ञश्वर अधिकारी, बिजयश्वर चापागाई, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा लगायतले मानवअधिकारसम्बन्धी धारणा राखेका थिए । कार्यक्रममा गाउँ बाल संरक्षण समितिका पदाधिकारीहरु, बालमैत्री सहजकर्ता तथा वडा अध्यक्षहरु सहभागी थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)