nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

महोत्सवमा ‘टिष्टुङ चिनारी’

यो पुस्तक बिशेषतः टिष्टुङ क्षेत्रलाई प्राथमिकतामा राखी तयार पारिएको छ । तथापि पुस्तकमा थाहा नगरपालिका भित्रका विभिन्न ठाउँहरुका बारेमा समेत संक्षिप्त जानकारी समेटिएका छन् । 

पुस्तकको सुरुवात टिष्टुङको नामाकरणबाट भएको छ । यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै यो ठाउँको नाम टिष्टुङ कसरी मेत्राङ पुग्यो भन्ने बिषयहरु पनि पुस्तकमा समावेश छन् । 

त्यस्तै गरी टिष्टुङको भौगोलिक बनावट, हावापानी, बनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । पुस्तकमा यहाँ भएको ३ वटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ । यसका साथै टिष्टुङ टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ । 

त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रबाराही माई र तीन बर्षे बज्रबाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । बाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङकोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ । 

यसका साथै पुस्तकमा यहाँको विकासक्रमलाई पनि समावेश गरिएको छ । यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम, स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था, पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि तथ्य र मितिसहित सिलसिलेवाररुपमा प्रस्तुत गरिएको छ । त्यस्तै पुस्तकमा स्व. रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको प्रभावका बारेमा पनि पुस्तकमा समावेश छन् ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म अर्थात गोपालवंशदेखि गणतन्त्रसम्म आईपूग्दा टिष्टुङमा भएका परिवर्तनहरुलाई समावेश गरिएको छ । यो पुस्तक टिष्टुङ निवासी रामजी बलामीले लेखेका हुन् भने टिष्टुङ महोत्सव मूल समारोह समितिले प्रकाशन गरेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)