nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महोत्सवको स्टल भाडा १० प्रतिशत घट्यो
व्यापार बढाउन विद्यालयमा सार्वजनिक विदा

मकवानपुर थाहानगरमा संचालन भइरहेको थाहा महोत्सवको व्यापारिक स्टलको भाडा घटेको छ । थाहा महोत्सवमा व्यापारिक स्टल राख्ने व्यवशायिकहरुले स्टल भाडा अनुसार व्यापार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले १० प्रतिशत भाडा घटाएको हो ।
व्यापारीहरुले प्रति स्टल बाह्र हजार रुपियाँको दरले पैसा तिरेका थिए । स्टलका व्यापारीहरुले ६ असोज विहान महोत्सवको सचिवालय अघि गई आयोजकहरु विरुद्ध स्टल भाडा घटाउन माग गर्दे नाराबाजी गरेका थिए भने केहीबेर स्टल बन्द गरेका थिए ।

फोटो : स्टल भाडा घटाउन माग गर्दै व्यापारिले स्टल बन्द गरेपछि ।

व्यापार बढाउन सामुदायिक विद्यालयमा विदा

थाहानगर उद्योग वाणिज्य वाणिज्य संघको मुख्य आयोजनामा भईरहेको थाहा महोत्सवमा व्यापार कम भएको भन्दै बढाउनको लागि ७ असोजमा सामुदायिक विद्यालय बिद ागर्न लागिएको बुझिएको छ ।
थाहानगरमा रहेका डेढ दर्जन सामुदायिक विद्यालय बिदा गर्न लागिएको हो । विद्यालय विदा गर्न लागिएको भन्दै थाहा ८ का शम्भू अधिकारीले विद्यार्थी माथि खेलवाड गरेको बताउँदै सामाजिक संजाल फेसबुक मार्फत विरोध गरेकाछन् ।