Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महोत्सवका लागि सिंगारिदै ‘टिष्टुङ'

Tistung-1538811842.jpg

थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी स्वरुप बजार सिंगारिएको छ । महोत्सवको लागि स्वागत द्वारहरुको निर्माण सहित बजार अहिले सिंगारिएको छ । 

यहि असोज २४ देखि २७ गतेसम्म टिष्टुङको सरस्वती बजारमा संचालन हुने महोत्सवका लागि तोरण तथा ध्वजापतकाले सिंगारिएको हो । महोत्सव स्थल प्रवेश गर्ने मुख्य मुख्य द्वारहरुमा स्थानीय प्रविधिबाट बाँसको गेट निर्माण गरिएको महोत्सवको गेट निर्माण उप समितिका संयोजक मनहरी भट्टले जानकारी दिए । महोत्सव क्षेत्रमा प्रवेश गर्ने विभिन्न ठाउँमा ५ वटा मुख्य प्रवेश द्वार निर्माण गरिने महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए ।

महोत्सवको प्रदेश–३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव २४ असोज विहान थाहा–६ को वडा कार्यालय प्राङ्गणमा उद्घाटन गरिने श्रेष्ठले जानकारी दिए । ४ दिनसम्म संचालन हुने महोत्सवमा सहभागी हुन समितिका संयोजक श्रेष्ठले सबैलाई आग्रह गरेका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)