nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिला शक्तिमा नयाँ नेतृत्व
अध्यक्षमा पुनः मिना गुरुङ

टिस्टुङको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थामा नेतृत्व पुनर्गठन गरिएको छ । सहकारीको अध्यक्षमा पुनः मिना गुरुङ चुनिएकी छिन् । 
असोज १५ गते शनिबार भएको सहकारीको १७ औं साधारण सभाले संचालक समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्ष रुक्मणि शिकारी, सचिब सुनमाया भोम्जन र कोषाध्यक्ष सुनिता दोङ छानिएका छन् । त्यस्तै सदस्यहरुमा सोममाया बल, मैया बिक, मनमाया घलान, कान्छी स्याङ्तान र सोममाया तामाङ चयन भएका छन् । 
साधारण सभाले लेखा उपसमिति र ऋण उपसमिति पनि छनोट गरेको छ । लेखा उपसमितिमा संयोजक सरस्वति लामा छन् भने पृथ्बीमाया मोक्तान र रमिला गोले सदस्य छन् । त्यस्तै ऋण उपसमितिको संयोजक सोममाया तामाङलाई चयन गरिएको छ । करुणा बल र अस्मी वाइबा उक्त उपसमितिको सदस्य रहेका छन् । 
जिल्ला बचत तथा ऋण सहकारी संघ नेफ्सकुन मकवानपुरका अध्यक्ष राधा सिन्तान साधारण सभाको प्रमुख अतिथि थिइन् । उनले सहकारीको माध्यमबाट महिलाहरुमा सशक्तीकरण वृद्धि भएको बताइन् । तरकारी बेचेर कमाएको पैसा सदुपयोग गर्दै बचतमा जोड दिनुपर्ने उनको धारणा थियो । 
कार्यक्रममा पूर्ण गोले, किरणमान बल, बीरमान स्याङ्तान, मंगल तामाङ लगायतले शुभकामना दिएका थिए । सो अवसरमा बाल कल्याण समाजका सुपरभाइजर वीरबहादुर थापा, इन्हुरेड इन्टरनेसनलका प्रतिनिधि सोम स्याङ्तान, सुन्तलाबारी कृषि सहकारी संस्थाका अध्यक्ष क्षेत्रबहादुर आले लगायतको उपस्थिति रहेको थियो । 
साधारण सभा संचालक समिति अध्यक्ष मिना गुरुङको अध्यक्षतामा भएको थियो ।