Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महिला नेतृत्वलाई वकालती क्षमता विकास तालिम

महिलाका समस्या तथा सवालमा वकालत सीप एवम् क्षमता विकासका लागि सघाउ पु¥याउने उद्देश्यका साथ हिजोबाट हेटौंडामा सुरु भएको दुई दिने तालिम आज सकिएको छ । 

आज एक समारोहका बिच कार्यक्रमको समीक्षा गर्दै तालिम समापन गरिएको हो । वल्र्ड भिजन एड्भोकेसी फोरमले युरोपियन युनियन र सिसिएस को सहयोगमा आयोजना गरेको कार्यक्रममा महिलाका सवालमा काम गर्ने मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्था, अन्तरपार्टी महिला सञ्जाल, जनजाति महासंघ जस्ता निकायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहजकर्ता देविका तिमल्सीनाले महिलासंग सम्बन्धित कानून, घोषणापत्र, नेतृत्व, महिलाका विषयमा वकालत गर्न सकिने सवाल जस्ता विषयमा सहजीकरण गर्नुभएको थियो । तालिमबाट मकवानपुर जिल्लाका महिला अधिकारकर्मीले विभिन्न विषयमा अभियान सञ्चालन तथा वकालत गर्ने विश्वास लिइएको वल्र्ड भिजन एड्भोकेसी फोरम मकवानपुरका कार्यक्रम संयोजक श्रद्धा ढुंगानाले बताउनुभयो ।

-शुभलक्ष्मी विक