Tuesday, 25th August, 2026
वि.स.

महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (SAFA) द्धारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (SAFA Best Presented Annual Report Award)– २०१८ महालक्ष्मी विकास बैक लिमिटेडले प्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा एक समारोहका बिच प्रदानगरिने भएको छ ।

नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (ICAN) द्धारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (Best Presented Annual Report (BPA) Award) – २०१८ प्राप्त गरे लगत्तै बैंकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा पनि संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्नसधै प्रयासरत रहने बैंकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif