Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको सो नाफा अघिल्लो आबको तुलनामा २६ प्रतिशतले बढि हो । बैंकको ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा बृद्धि भएसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खराब कर्जालाई कुल कर्जा प्रबाहको १ दशमलव १२ प्रतिशतमा झार्न सफल भएको छ ।

बैंकले असार मसान्त सम्ममा २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०