Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

महालक्ष्मी विकास बैंकका ग्राहकलाई थाहानगरको नेपालय मिटमार्टमा विशेष छुट !

Nepalaya-1631888494.jpg

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले नेपालय मिटमार्टबाट सामाग्री खरिद गर्दा ५ प्रतिशत छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक पालुङ शाखा प्रबन्धक संगिता बज्रचार्य र थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको  नेपालय मिटमार्टका संचालक दिपेश केसीबीच १ असोजमा भएको सम्झौता अनुसार ग्राहकले ५ प्रतिशत छुट पाउने भएका हुन् । 

महालक्ष्मी बैंकले आफ्नो सेवालाई ग्राहकसम्म सहजै पु¥याउन तथा डिजिटल पेमेन्टलाई समेत प्रोत्साहन गर्न यस किसिमको सम्झौता गरिएको पालुङ शाखा प्रबन्धक संगिता बज्राचार्यले बताइन् । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाका साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकसंग सम्झौता गरिएको मिटमार्ट संचालक दिपेश केसीले उल्लेख गरे । 

सम्झौताअनुसार–बैंकका ग्राहकले आफू महालक्ष्मी विकास बैंकको ग्राहक भएको प्रमाणित कागजात वा एटिएम साथमै लिएर खरिदका लागि जानुपर्ने हुन्छ । साथै महालक्ष्मीका ग्राहकले डिजिटल भूक्तानी गर्दा पनि तोकिएको छुट पाउने प्रबन्धक बज्राचार्यले बताइन् ।

महालक्ष्मी विकास बैंक पालुङ शाखाले मकवानपुरको उत्तरी क्षेत्रका अन्य व्यवसायिक प्रतिष्ठान तथा होटल र रिसोर्टमा पनि यस किसिमको विजनेश टाइअप कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकका नितेश पाण्डेले जानकारी दिए । 

देशका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg