Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी बैंकले गर्यो, ऋषेश्वर मेलामा स्वयंसेवा र निःशुल्क खानेपानीको व्यवस्था

महालक्ष्मी विकास बैंक लि., पालुङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ फागुनमा शुद्ध पिउने पानी वितरण गरेको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा थाहानगरको दामनको ऋषेश्वर मन्दिरमा पुगेका भक्तजनहरुलाई निःशुल्क शुद्ध पिउने पानी वितरण गरेको हो । 

मन्दिर पुगेका ८ हजार भक्तजनहरुलाई पानी वितरण गरेको हो । बैंकको पालुङ शाखाले मन्दिरमा दर्शन गर्न सजिलो होस् उद्देश्य लाइन व्यवस्थापनको लागि स्वयंसेवकको भुमिका समेत निर्वाह गरेको बैंककी शाखा प्रबन्धक संगिता बज्रचार्यले बताइन् । हरेक वर्ष फागु पूर्णिमाको दिन ऋषेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न सामाजीक कार्यहरु गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता समेत जनाएको छ । हाल यस बैंकको ७१ वटा शाखा संजाल र ३५ वटा एटिम बुथ संचालनमा रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०