Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी बैंकद्वारा पालुङ प्रहरीलाई सहयोग 

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको महालक्ष्मी विकास बैंक लिमिटेडले इलाका प्रहरी कार्यालय पालुङलाई विद्युतिय सामाग्री सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार इलाका प्रहरी कार्यालयको प्राङ्गणमा भएको अनौपचारिक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको हो । इलाका प्रहरी कार्यालयको क्षेत्र भित्र लामो समय देखि विद्युतको समस्या भएपछि उक्त समस्या समाधानको लागी बैंकले एलइडि चिम, तार र टेप सहयोग गरेको हो । 

कार्यक्रममा बोल्दै थाहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीले बैंकले गरेको कामको प्रशंसा गर्दै बैंकको प्रगतिको लागी सबैले सहयोग गर्नुपर्ने बताए ।  कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख ध्रुब प्रसाद सिलवालले बैंकले आफ्नो कार्यालयको लागी गरेको सहयोग प्रति प्रशंसा सहित धन्यवाद व्यक्त गरे ।

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखा प्रबन्धक संगिता बज्राचार्यले आफ्नो भनाइ राख्दै बैंकले अबका दिनमा सर्वसाधारणले लामो समयसम्म सेवा लिन सक्ने खालको सामाजिक काम गर्ने योजना रहेको बताए । थाहा नगरपालिकाको थानाबजारमा अवस्थित महालक्ष्मी विकास बैंक लिमिटेडले विगतका दिन देखी नै सामाजिक सेवा र सहयोगका कार्यहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।