nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महालक्ष्मीले गरेको निःशुल्क शिविरमा १ सय १६ को स्वास्थ्य परीक्षण

महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यलय पालुङले थाहानगरको जनकल्याण माविमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बैंकले  आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैं १२ पौषमा स्वास्थ्य शिविर संचालन गरेको हो । 

स्पार्क हेल्थ होम, काठमाडौेंको सहयोगमा हाडजोर्नि तथा नसा सम्बन्धि निःशुल्क स्वास्थ सिविर संचालन गरेको हो । उक्त सिविरमा  १ सय १६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा डाक्टर अनिल कुमार महतो र डाक्टर दिपा पौडेलले बिरामीको स्वास्थ जाँच गरेका थिए । शिविरमा मेशिनद्वारा उपचार गर्नुको साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सिविरको मुख्य उद्वेश्य प्यारालाईस रोग पनि उचित उपचार पाए निको हुन्छ भन्ने चेतना फैलाउने रहेको महालक्ष्मी विकास बैंक लिमिटेड पालुङकी शाखा प्रबन्धक संगिता बज्राचार्यले बताइन् ।  

कार्यक्रममा बैकंका सम्पूर्ण कर्मचारी तथा स्पार्क हेल्थ होम का संचालक हरि प्रसाद रिजाल, इन्चार्ज संगिता श्रेष्ठ, बजार व्यवस्थापक प्रविण लामिछाने र कर्मचारीहरु कल्पना सिलवाल र निरुता श्रेष्ठको उपस्थित रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)