Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महायज्ञमा दुई दिनमा २ लाख ३२ हजार संकलन

Pandit-1510453569.jpg

मकवानपुरको थाहानगरपालिका वडा नम्बर ३ स्थित गोरखनाथ मन्दिरमा संचालन भइरहेको श्रीमद् भागवत महायज्ञमा दुई दिनमा २ लाख ३२ हजार ४२३ रुपियाँ संकलन भएको छ । महायज्ञको उद्घाटन भएकै दिन २४ कार्तिकमा १ लाख ३२ हजार ९०० र दोस्रो दिन २५ कार्तिकमा ९९ हजार ५२३ रुपियाँ संकलन भएको गणेश प्रसाद विष्टले जानकारी दिए । 

मन्दिरको भौतिक पूर्वाधार विकास गर्ने लक्ष्यले २४ कार्तिकबाट शुरु भएको महायज्ञमा चर्चित युवा प्रखरवत्ता आचार्य पंडित राजकुमार खनालले कथा वाचन गरिरहेका छन् । 

महायज्ञमा भक्तजनहरुको दिनदिनै भिड बढ्दो रहेको छ । यज्ञबाट संकलित रकमबाट मन्दिर परिसरमा ध्यान गृह, विवाह, व्रतवन्ध, होमदी शुभकार्यका लागि हल, पार्किङ, सुरक्षा व्यवस्थापन लगायतको भौतिक सुधार गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष भरत गोपालीले जानकारी दिए ।

गारेखनाथमा संचालन भइरहेको धार्मिक कार्यमा सबैले सकेको सहयोग गर्न अध्यक्ष गोपालीले अपील समेत गरे ।  
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।