nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महायज्ञको तेस्रो दिन ५ लाख संकलन, ३ दिनमा १० लाख पुग्यो

थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भैरहेको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को तेस्रो दिन आज शनिबार ५ लाख रुपैँया संकलन भएको छ । यहि असार १९ गते देखि सुरु भएको महायज्ञमा तीन दिनमा करिब १० लाख रुपैँया संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले बिकासखबरलाई जानकारी दिए । उनका अनुसार महायज्ञका नियमित कार्यक्रम, जनसहभागिता र रकम संकलनको कार्य उदेश्य बमोजिम नै भैरहेको बताए ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गरिएको हो ।

थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा भैरहेको महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवनउपयोगी कथा वाचन गरी सभ्य र भब्य रुपमा महायज्ञको दैनिक कार्यक्रम सञ्चालन भै रहेको छ । महायज्ञ यहि २०७६ साल अषाढ २५ गते सम्म सञ्चालन हुनेछ ।

महायज्ञमा दैनिक रुपमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएकोे छ । प्रत्येक दिन बिहान ५ बजेबाट शुरु भइ साझ ९ः३० बजे सम्म सन्चालन गरिने महायज्ञबाट करिब १ करोड भन्दा बढी रकम उठाउने लक्ष्य रहेको मुल समारोह समितिले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।