Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महायज्ञको छैटौँ दिनसम्म ४६ लाख संकलन

थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भैरहेको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को छैटौँ दिन २४ गते १८ लाख रुपैँया संकलन भएको छ । यहि असार १९ गते देखि सुरु भएको महायज्ञमा ६ दिनमा करिब ४६ लाख रुपैँया संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले जानकारी दिए । 

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गरिएको हो ।

थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा भैरहेको महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवनउपयोगी कथा वाचन गरी सभ्य र भब्य रुपमा महायज्ञको दैनिक कार्यक्रम सञ्चालन भै रहेको छ । महायज्ञ यहि २०७६ साल अषाढ २५ गते सम्म सञ्चालन हुनेछ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।