Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महायज्ञको उदेश्य पुरा गर्न नगरपालिकाले सहयोग गर्ने: नगरप्रमुख विष्ट

श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को महायज्ञबाट जति रकम उठे पनि महायज्ञको उदेश्य पुरा गर्न नपुग रकम थाहा नगरपालिकाले ब्यहोर्ने थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टले बताए । श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञको छैटौँ दिनको औपचारिक कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गरेका विष्टले आफ्नो मन्तव्य मार्फत यस्तो बताएको हो । थाहा नगरपालिकामा रहेको मत्स्यनारायण मा.वि. र पाथीभरा मन्दिरको विकास र प्रवद्र्धन कार्य नगरपालिका कै भएका कारण महायज्ञबाट जति सुकै रकम उठे पनि काम सम्पन्नताको लागि नपुग रकम सबै नगरपालिकाले नै व्यहोर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो । ज्ञान महायज्ञको समापन समारोह यहि असार २५ गते हुनेछ ।




https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।