Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महानवमीः पालुङमा मनाइयो कोतमौला पुजा

Mahanawami-1-copy-1506671479.jpg

मकवानपुरको थाहानगर स्थित पालुङमा विधिपूर्वक कोतमौला पु्जा गरिएको छ । दशैको अवसरमा ऐतिहाँसिक शहर पालुङ मनाइने कोतमौला पर्व महानवमीको दिन १३ असोजमा मनाइएको हो । थाहा नगरपालिका वडा नम्बर २ मा पर्ने पालुङमा यो पर्व वर्षेनी मनाइन्छ ।

पालुङमा दशै घर, कोतमौला, फुलपाती चौरलगायतको ऐतिहासिक स्थलहरु रहेको छ । 

पहिले पहिले प्रधानपञ्चको संयोजकत्वमा मनाउने परम्परा रहेको भएपनि अहिले स्थानीयहरुले संयोजन गरेर यो पर्व मनाइरहेका छन् । महानवमीको अवसरमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की तथा पदाअधिकारीहरुको पनि उपस्थिती रहेको थियो । 

कोतमौलामा महानवमीको अवसरमा बोका, राँगालगायतको बली दिने परम्परा रहेको स्थानीय निरोज प्रधानले जानकारी दिए । महानवमीको अवसरमा कोत मौलामा पुजा गरेपछि मात्र स्थानीयहरुले आ–आफ्ना घरका मेशिनरी औजार, कुटो कोदालो, हसियाँ तथा अरु हतियारहरु पुजा गर्ने परम्परा छ । कोतमौलामा बली दिइएको बोका तथा राँगाको मासु प्रसादको रुपमा राखने परम्परा पनि रहेको छ ।

धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले धनी पालुङको दशै घरमा हवन सहित महाअष्टमीको अवसरमा कालत्ररात्री गरिएको छ भने विजया दशमीको दिन टीका लगाउने परम्परा रहेको छ ।

पालुङको दशै घरमा घटस्थापनादेखि विजया दशमीसम्म स्थानीय नापित, मगर, भुजेल, अर्याल, ढकाल तथा नेवारी समुदायको संलग्नतामा पुजाआजा गर्ने परम्परा छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०