Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महाचुनी जात्रा मनाइयो

31165907_2020791754853037-1524559390.jpg

हरेक बर्षमा झै यो बर्ष पनि महाचुनी जात्रा भब्यताका साथ सम्पन्न भएको छ । ईन्द्रसरोवर गाउँपलिका र थाहा नगरपालिकाको सिमानामा रहेको महाचुनी मन्दिरमा सदाका बर्ष झै यो बर्ष पनि जात्रा सम्पन्न भएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलको खड्बु र थाहा नगरपालिका चित्लाङ कपुगाउँको बिचको जङ्गलमा रहेको मन्दिरमा खड्बु र कपुगाउँमा रहेका नेवारी सम्प्रदायका गुठी परिवारले १र१ वटा रथ यात्रा गरि हरेक बर्ष यो जात्रा मनाउने गरिन्छ । दुबै गाउँबाट ल्याएको रथ दिनभर मन्दिरमा राखेर जात्रा मनाए पछि दुबै समुदायका मानिसहरु आआफ्नो गुठी अनुसार पुजा सम्पन्न गरि रथ यात्रा गरि फर्किने परम्परा रहिआएको छ ।

 

गाउँपालिका र नगरपालिका दुबैको एतिहासिक स्थलको रुपमा रहेको उक्त मन्दिरमा हरेक बर्ष बैशाख शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । डाँडाको टुप्पोमा अनि जङ्गलको बिचमा रहेको उक्त मन्दिरमा बर्षेनी हुने जात्रामा थाहा नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, हेटौंडा, फर्पिङ, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका स्थानहरुबाट दर्शनको लागी भक्तजनहरु आउने गर्दछ्न । महाचुनी महालक्ष्मी नाटेश्वरी गुठीका थकाली जनक बलामीका अनुसार हरेक बर्षको जात्राको दिन बिहान पुजाको लागी बिभिन्न स्थानका मानिसहरुको भिड लाग्ने गर्दछ । यो बर्ष पनि बिहानै देखी भक्तजनहरुको भिड लागेको थकाली बलामीले बताए ।

जङ्गलको बिचमा रहेको मन्दिरमा लाग्ने जात्राको लागी लाइन ब्यवस्थापन, खानेपानी ब्यवस्थापन तथा अन्य ब्यवस्थापनको लागी नाटेश्वरी युवा क्लब, रामचन्द्र युवा क्लब, बालचेतना समुह, गुठीका सदस्यहरुले स्वयंसेवकको भुमिका निभाएका थिए । नेवारी सम्प्रदाय मात्र नभइ स्थानिय बिभिन्न जातिको समेत महत्वपुर्ण पर्बको रुपमा रहेको महाचुनी जात्रा खड्बु र कपुगाउँका गुठी परिवारको समन्वय र सहकार्यमा संचालन हुने गर्दछ । जात्रामा सुरक्षा ब्यवस्था समेत कडा पारिएको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।