Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महंगी: किलोकाे ४०० नाघ्यो कुखुराको मासु

तपाईं मांसाहारी हुनुहुन्छ? हो भने सुखद् खबर छैन। बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ।

ह्याचरी व्यवसायीहरूले एक महीनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महीना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको हो।

अघिल्लो महीना नेपाल ह्याचरी उद्योग संघले मासुको मूल्य बढाउने लक्ष्यसहित १० दिने हड्ताल गरेको थियो। त्यसक्रममा देशभर करीब ३० लाख चल्ला नष्ट गरेको थियो।

संघले २९ मंसीरदेखि ८ पुससम्म गरेको देशव्यापी हड्तालमा व्यवसायीहरूले ४५ करोड मूल्य बराबरको अण्डासमेत नष्ट गरेको थियो। आन्दोलन लगत्तैदेखि मासुको मूल्य बढ्न थालेको थियो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०