nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी गाउँपालिकाकोे जनमुखी काम–अनुगमन टोली  

मनहरीमा सञ्चालित विभिन्न योजनाहरुका बारेमा जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले गाउँपालिकाभित्र सञ्चालन भएका योजनाहरुको मंगलबार दिउँसो अनुगमन गरेका हुन् । 

मनहरी गाउँपालिका वडा नं ६ को प्रतापपुर जाने बाटोमा निर्माणाधीन पक्की पुलको अनुगमन गरिएको छ । त्यसैगरी मनहरी गाउँपालिका ७ मा मनहरी उपभोक्ता समितिले निर्माण गरिरहेको सामुदायिक लजको अनुगमन भएको छ । मनहरी ७ स्थित मनकामना मन्दिर परिसरमा निर्माणाधीन कम्पाउण्ड तथा रिभरसाइडमा निर्माणाधीन तटबन्धनको समेत अनुगमन टोलीले अनुगमन गरेको छ । 

वडा नं ८ मा रहेको पिसपार्क र गुम्बाको कम्पाउण्ड तथा वडा नं ९ को ज्यामिरे सिंचाई योजनाको अनुगमन भएको हो । वडा नं ३ मा निर्माणाधीन गाउँपालिकाको सभा हल तथा इजलास भवनको पनि अनुगमन भएको छ भने संघीय सरकारको लगानीमा निर्माण भइरहेको रजैया–हाँडीखोला–मकरी सडक खण्डको प्रगतिका बारेमा पनि अनुगमन टोलीले चासो व्यक्त गरेको थियो । 

अनुगमनका क्रममा गुणस्तरीय काम भए÷नभएको बारेमा प्राविधिकहरुले अवलोकन गरेका थिए । साथै आइपरेका नीतिगत समस्याहरुका बारेमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले चासो व्यक्त गरेका थिए । योजनाहरुको अनुगमनपछि गाउँपालिकामा सरोकारवालासँग छलफल गर्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले मनहरी गाउँपालिकाले गरेको कार्यसम्पादन अत्यन्तै आशालाग्दो र चित्तबुझ्दो भएको प्रतिक्रिया दिए । उनले जनताले प्रत्यक्ष रुपमा देख्ने र भोग्न पाउने गरी विकासको नमूना पेस गरेको भन्दै मनहरी गाउँपालिकालाई धन्यवाद दिएका थिए । साथै उनले ठूला योजनाहरुको प्राविधिक इस्टिमेट गर्दा विज्ञ प्राविधिकहरुसँग सल्लाह र परामर्श लिनका लागि पनि सुझाव दिएका थिए । योजनाहरुका बारेमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले अनुगमन टोलीसमक्ष ब्रिफिङ गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com