Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा मोटरसाइकल दुर्घटना हुँदा सैनिकको मृत्यु

download-(2)-1504786013.jpg

मनहरीको सुनाचुरीस्थित १ नं जगदलमा कार्यरत लेस नायक बिष्णुप्रसाद साँखीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

२२ भाद्रमा दिउँसो हेटौँडाबाट मनहरीतर्फ आउने क्रममा मनहरी गाउँपालिका ९ स्थित तिरतिरेधारा नजिकै बिपरित दिशाबाट आइरहेको ट्रकको ठक्करबाट उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मनहरीका अनुसार नारायणगढबाट हेटौँडा तर्फ जाँदै गरेको ना ६ ख ६००९ नंको ट्रक र हेटौँडाबाट मनहरी तर्फ आइरहेको बा ५८ प ५५०८ नं को बाइक ठोक्किएको थियो ।

दुबै सबारी साधनबीच ठक्कर खाँदा बाइकमा सबार साँखीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए