Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीका ३२ विद्यालयमा गाउँपालिकाले दिवा खाजा खुवाउने

Mana-1583750423.jpg

मकवानपुरको मनहरी गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यालय छाड्ने दर कम गराउनका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी आर्थिक बर्षमा पनि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताए । यस बर्ष विद्यालय खुल्ने ६० दिनका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय २१ फागुन मा भएको छैठौं गाउँसभाले गरेको हो ।

गाउँपालिकाभित्रका ३२ वटै विद्यालयमा प्राथमिक तहका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने निर्णय पारित भएर कार्यान्वयन प्रक्रिया अघि बढेको उनले जानकारी दिए । गाउँपालिकाले चालू आर्थिक बर्षमा को चैत, बैशाख, जेठ र असार महिनामा गरी विद्यालय खुल्ने ६० दिनका लागि ४ हजार ७ सय ८२ जना विद्यार्थीलाई निःशुल्क खाजा खुवाउनेछ ।

प्रतिविद्यार्थी १५ रुपियाँका दरले खाजा खुवाउने तयारीरहेको गाउँपालिकाले जनाएको छ । दिवा खाजा कार्यक्रमबाट विद्यार्थीहरुको विद्यालय छाड्ने दर कम हुने, पोषणको मात्रा पूरा हुने र विद्यालय समयभर विद्यार्थीहरु विद्यालयबाहिर नजाने अपेक्षा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष एबम् प्रवक्ता मनिला बिष्टले जानकारी दिइन् । 

कार्यक्रम सञ्चालनका लागि व्यवहारिक किसिमको कार्यविधि निर्माणको काम भइरहेको उनले जानकारी दिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०