nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीका बोटे बालबालिकालाई शैक्षिक सामग्री र पोशाक

IMG-8114-1564720538.JPG

मनहरी गाउँपालिका वडा नं ७ रमौलीमा बसोबास गर्दै आइरहेका बोटे समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरेको छ । 

बोटे समुदायका ५४ जना बालबालिकालाई कापीकलम तथा पोशाक बितरण गरिएको हो । गाउँपालिकाले गरिव र विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने कार्यक्रम अन्तर्गत बस्तीमै पुगेर हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् । 

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गरिव र विपन्न समुदायका बालबालिकाले पढ्न पाउने अधिकारबाट बन्चित नहोस् भनेर गाउँपालिका सदैव सचेत रहेको बताए । स्थानीय ब्रह्मकाली आधारभूत विद्यालयमा अध्ययनरत बोटे समुदायका बालबालिकाहरुका लागि आगामी दिनमा सहयोग जारी रहने अध्यक्ष उप्रेतीले बताए । 

शैक्षिक सामग्री बितरण कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति अधिकारी, राजश्व शाखा प्रमुख राजेन्द्र चौलागाईसहित स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)