nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरीका गाउँपालिकाद्वारा मजदुरलाई सुरक्षा सामग्री

निर्माणको क्षेत्रमा काम गरिरहेका मजदुरहरुलाई मकवानपुर मनहरी गाउँपालिकाले सुरक्षा सामग्री प्रदान गरेको छ ।

१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा मनहरीमा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजना गरेको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्टसहितले सुरक्षा सामग्री प्रदान गरेका हुन् । गाउँपालिकाको तर्फबाट बिनियोजित बजेटबाट मजदुरहरुलाई सुरक्षा सामग्री बितरण गरिएको युनियनका अध्यक्ष गोविन्द गलानले बताए । उनका अनुसार गाउँपालिकासँग मिलेर युनियनले नेतृत्व क्षमता विकासका अन्य कार्यक्रमहरु पनि मजदुर सामु चलाइरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले मजदुरको पक्षमा मनहरी गाउँपालिका सदैब अघि बढ्ने बताए । उनले आफू पनि कृषि मजदुर भएको र सहकारीकर्मी समेत भएको नाताले मजदुरहरुलाई आर्थिक रुपमा सन्तुष्ट पार्नका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बताए । उनले भने–‘मजदुर संगठन र गाउँपालिकाबीच समन्वय गरेर अघि बढिरहेका छौँ, यो क्रम निरन्तर चलिरहनेछ ।’

कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेकपाका जिल्ला सचिवालय सदस्य रामहरि सुवेदी, गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, युनियनका जिल्ला अध्यक्ष प्रताप राई, प्रेस चौतारी केन्द्रीय सदस्य शिवकुमार काशी, जीफन्ट केन्द्रीय युवा कमिटीका सदस्य सन्तोष पुडासैनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव रामचन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रमको सभाध्यक्षता युनियनका मनहरी गाउँपालिका अध्यक्ष गोविन्द गलानले गरेका थिए ।

कार्यक्रम अघि युनियनको मनहरी बजारस्थित कार्यालयबाट ¥याली निस्केको थियो । ¥याली बजार परिक्रम गरी सामुदायिक तालिम हलमा पुगी सभामा परिणत भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)