Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मधेसी मोर्चाको निर्णयः स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले ल्याएको नयाँ संविधान संशोधन विधेयक स्वीकार्य नहुने भन्दै आन्दोलन पनि घोषणा गरेको छ ।

‘हाम्रो माग पुरा नहुँदासम्म कुनै पनि चुनावमा भाग नलिने हुनाले स्थानीय तहको चुनावमा भाग नलिने भयौं’ रामसपाका महासचिव केशव झाले भने ।३१ चैत्रमा तराई मधेसका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने उसको कार्यक्रम छ ।