nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मत्स्यनारायण र पाथीभराले महायज्ञ गर्ने

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माध्यमिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञानमहायज्ञ हुने भएको छ । मत्स्यनारायण माद्यामिक विद्यालयम कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मुल समितिले जनाएको छ ।

यहि २०७६ साल अषाढ १९ गते देखि २५ गते सम्म सञ्चालन हुने महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन हुनेछ । महमयज्ञ मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा सञ्चालन हुनेछ । 

महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।