nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर सिस्नेरीमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ घाइते 

DEATH-1558952782.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको टेलर गाडीका चालक  र जेसिबीका चालकको करेन्ट लागेर मृत्यु भएको हो । टिलर सिस्नेरीको कुइन्टार आइपुग्दा सोमबार दिउँसो २स्१५ मा बाटोमा रहेको पोलको टारमा ट्रान्समिटरले छोएपछी ड्राइभर र सहचालक लाई करेन्ट लागेको र करेन्ट लाग्दै गरेका चालकलाई बचाउन जाँदा जेसिबी चालक लाई समेत करेन्ट लागेपछि चालकदलका दुबैजनाको मृत्यु भएको स्थानिय सन्तोष बानियाँले बताए । 

मृत्यु हुनेमा टिलर चालक वर्ष ३५ का बेलकोटगढी  ७ मझुवा नुवाकोटका विशाल तामाङ र जेसिवी चालक तीनपटन गाउँपालिका ९ आमबोटे सिन्धुलीका वीर बहादुर मगर रहेका छन् । करेन्टको झट्काबाट दुबै सवारीमा रहेका सहचालक दल र अन्य एक जना भने घाइते भएका छन् । घाइतेहरुको एक जनाको अवस्था सामान्य  रहेको छ भने २ जनालाई उपचारको लागि काठमाडौ लगिएको छ । घाइतेहरुमा ठेकेदार दाङका महेश दाहाल र टिलरका सहचालक गोपाल रमौली रहेका छन । सामन्री घाइते हुनेको नाम खुलेको छैन ।

स्थानियका अनुसार टिलरलाई बाटोको खाल्डा खुल्डिका कारण समस्या भएपछी सहायताका लागि जे सि बि समेत साथमा आउँदै गरेको थियो । सोही स्थानमा केही दिन अघि टिपरले विद्युतको पोललाइ हानेपछी पोलको तार अव्यवस्थित अवस्थामा रहेको थियो । स्थानियका अनुसार सोही तारले टिलरमा रहेको ट्रान्समिटरलाई छुँदा करेन्ट लागेको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।