Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर र रौतहटमा ६२९ को आँखा परीक्षण

मकवानपुर र रौतहटको एक–एक स्थानमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । दुई स्थानमा गरि छ सय ५९ जनाको निःशुल्क आँखा परिक्षण गरिएकोमा मोतिबिन्दु लागेको ८२ जना फेला परेका थिए । जसमध्ये मकवानपुरमा ४१ र रौतहटमा ४१ जनामा मोतिबिन्दु देखा परेको थियो ।

जसमध्ये मकवानपुरको बकैया गाउँपालिकाको शिखरपुरमा दुई सय ३५ र रौतहटको चन्द्रपुर नगरपालिकाको जुडीबेलामा तीन सय ९४ जनाको निःशुल्क आँखा परिक्षण गरिएको रोटरी क्लब अफ हेटौंडाका कार्यक्रम संयोजक प्रमेश प्रधानले बताए । उनका अनुसार सामान्य औषधी बितरण गरिएको शिविरमा भेटिएका सबै मोतिबिन्दु रोगीलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क अप्रेशन र आवत–जावतको व्यबस्था मिलाईएको छ ।

कार्यक्रम रोटरी क्लब अफ हेटौंडा, रोट्रयाक्ट अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालले संयुक्त रुपमा आयोजना गरेको हो । डेमिड याक्सले, तास्मानीया, अष्ट्रेलियाको सहयोगमा आयोजित शिविरलाई मकवानपुरमा हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिखरपुर र रौतहटमा समाज कल्याण तथा वातावरण विकास परिषद(स्वेडक) स्थानीय सहयोगी रहेका थिए ।

जुडीबेलामा हेटौंडा सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत सुशिलकुमार सिँह, नेत्र सहायकद्वय बुद्धिका श्रेष्ठ र सविता क्षेत्री, आँखा सहयोगी शर्मिला बजगाँई, रोटरी क्लब अफ हेटौंडाका कार्यक्रम संयोजक प्रधान, सदस्यद्वय ध्रुबप्रसाद पराजुली, हरिबंश भेटवाल लगाएतले सेवा दिएका थिए । बकैयामा अस्पतालकी नेत्र सहायक सृजना भुसाल, नेत्र सहायकद्वय सम्झना कुँवर र अचला शर्मा लगाएतले सेवा दिएका थिए ।

यसैबिच, शनिबार रौतहटकै पौराहा नगरपालिकाको तेजापाकडमा निःशुल्क आँखा परिक्षण शिविर गरिने बताईएको छ । यसअघि मंसीर २३ गते आयोजना गरिएको निःशुल्क आँखा परिक्षण शिविरमा एक सय ६५ जनाले आँखा परिक्षण गराएकोमा ४१ जनामा मोतिबिन्दु फेला परेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०