nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर मनहरी दुर्घटनाका गम्भीर दुई घाइते भरतपूर रिफर [अपडेट]

AMBULANCE-1477995246.jpg

पूर्वपश्चिम राजमार्ग अन्तर्ग हेटौँडा–मनहरी खण्डमा पर्ने मनहरी ८ खरंगामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुईजना गम्भीर घाइते भएका छन् । घटनामा परी मनहरी गाविस वडा नम्बर ७ का २० वर्षिय प्रदिप गिरी र उनकी दिदी ३० वर्षिया दीपा गिरी गम्भीर घाइते भएका हुन् । घाइतेहरुको चुरेहिल अस्पताल हेटौंडामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

नारायणगढतर्फबाट हेटौँडातर्फ गइरहेको ना ४१ प १४३१ नम्बरको मोटरसाइकलले खरंगास्थित मन्दिर नजिकैको मोडमा बिपरित दिशातर्फबाट आइरहेको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्स र मोटरसाइकल दुबैमा क्षति पुगेको छ । दुर्घटनामा परेका मोटरसाइकल र एम्बुलेन्स इलाका प्रहरी कार्यालय मनहरिमा राखिएको छ । 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com