Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर थाहा नगरपालिकाका कर्मचारी पनि आन्दोलनमा

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा मकवानपुरको थाहा नगरपालिकामा कार्यरत कर्मचारीले आन्दोलन गरेका छन् ।

केही समयअघि सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको विरोध गर्दै उनीहरुले धर्ना, हातमा कालोपट्टि बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका आन्दोलन घोषणा गरेका छन् ।

मकवानपुरमा दश स्थानीय तह छन् । थाहासहित जिल्लाभरका ४ सयको हाराहारीमा रहेका स्थानीय तहका कर्मचारीहरुले आन्दोल गरिरहेका हुन् । 
आन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार ३ पौषमा हातमा कालोपट्टी बाँधेर कर्मचारीहरुले आन्दोलन गरेका छन् ।