nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरको देउखेलमा बस दुर्घटना,चालक घाइते

Accide-1518669384.jpg

मकवानपुरको थाहा नगरपालिकाको आग्रा चल्ती–देउखेल–चिसापानी–पालुङहुँदै हेटौंडा रुटमा संचालन हुने बस २ फागुन राती दुर्घटना भएको छ ।  ना ५ ख १०५३ नम्बर को बस राती थाहा नगरपालिका वडा नम्बर ७ स्थित देउखेलमा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका बसका चालक सुरेश खत्रीलार्इ तत्काल उपचारका लागि काठमाडौं स्थित सहिद मेमोरियल अस्पताल लगिएको बताइएको छ ।  अहिले घाइतेको अबस्थामा सुधार आएको बताइएको छ । 

स्थानीय दिनेश कार्कीका अनुसार उक्त बस हेटौंडाबाट आग्राको देउखेलमा यात्रु पुब्याएर फर्किदा दुर्घटना भएको हो । बस पार्किङ गर्ने क्रममा दुर्घटना भएकोले कुनैपनि मानविय क्षति भएको छैन । बस रोक्नका लागि ब्रेक लाउने क्रममा ब्रेक नलागेको र अलिकति बढी ब्याक भएकोले पल्टिएको बताइन्छ ।  उक्त बस दुर्घटना स्थलबाट लगभग ४० मितर तल बारीमा खसेको छ। 

– दिनेश कार्कीबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)