Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर थाहाका ‘बिर्खे अञ्जान’ स्याङ्जामा पुरस्कृत

मकवानपुर थाहाका कवि तथा समालोचक लक्ष्मण वर्तौला ‘बिर्खे अञ्जान’ स्याङ्जामा पुरस्कृत भएकाछन् । तिलाकुमारी स्मृति साहित्यिक प्रतिष्ठानले २६ चैत्रमा स्याङ्जाको वालिङ नगरपालिकामा बृहत् साहित्य सम्मेलको अवसरमा ‘बिर्खे’लाई तिलाकुमारी स्मृति पुरस्कारबाट सम्मान गरिएको हो । समारोहमा ‘बिर्खे’ सहित पाल्पाका कवि तथा मुक्तककार कृष्ण पहारी पनि पुरस्कृत भएकाछन् । 

नेपाली भाषा, साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील प्रतिष्ठानले हरेक वर्ष वार्षिक रुपमा कार्यक्रम संचालन गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रजातन्त्रका सेनानी सुर्यप्रसाद रेग्मी थिए । कार्यक्रममा तेजप्रसाद काफ्ले, चिन्तु गिरी, ज्ञानेश्वर रेग्मीको विशिष्ट अतिथ्यता रहेको थियो । 

स्थानीय बासिन्दाको ठुलो जमघट रहेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीद्वारा लिखित काल पुष्प काव्य कृतिको समेत विमोचन गरिएको थियो । कार्यक्रममा उपस्थित साहित्यकार शम्भु अर्याल, लोकहरी पाण्डे ‘क्षितिज’, सुशील सुवेदी, बिर्खे अञ्जान, कृष्ण पहारी, तेजप्रसाद काफ्ले, चिन्तु गिरीलगायत अन्य स्रष्टाहरूले कविता, गीत ,गजल र मुक्तक वाचन गरेका थिए । कार्यक्रम युवा कवि तथा समालोचक मिलन समिरले सञ्चालन गरेका थिए ।