Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर उद्योग वाणिज्य संघद्वारा ओजीको स्वागत

IMG_8987-1484990855.JPG

मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाका छेन्दुन चेम्बर अफ कमर्शका प्रतिनिधि डाक्टर किम होंग ओजीलाई स्वागत तथा सम्मान गरेको छ ।

८ माघमा मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल दक्षिण कोरियामा माम फेष्टिबलमा भाग लिन जाने क्रममा मकवानपुर भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै ३ दिन अघि ओजी हेटौडा आएका हुन् । मकवानपुर बसाईको क्रममा ओजीले हेटौडाको उद्योग व्यवसाय तथा शैक्षिक क्षेत्रको समेत अवलोकन गरेका थिए । स्वागत कार्यक्रम पछि आजीले मकवानपुरको स्वागतमा अफूले भातृत्वले भरिपूर्ण पाएकोले सबैमा आभार व्यक्त गर्दै व्यावसायिक सिलसिलामा दक्षिण कोरिया आउनु परेमा लागि आफूले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्य समिति सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।