Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पहिलोपटक दलित जन्मदर्ता अनुदान थाहामा दिइयो

Dalit-Vatta-1480134094.jpg

मकवानपुर थाहा नगरपालिकाले जन्मेको ३५ दिन भित्रमा जन्मदर्ता गर्ने दलित बालबालिकालाई जिल्लामै पहिलो पटक एक हजार रुपियाँ अनुदान वितरण गरेको छ ।  

थाहा नगरपालिकाले एक कार्यक्रमकाबीच थाहा नगरपालिका वडा नम्बर ८ का दिनेश तथा लक्ष्मी सुनारले आफ्नो छोरा दिपराज सुनारको समयमै जन्म दर्ता गरेकाले थाहाका कार्यकारी अधिकृत भिम परियारले मंसीर १० अनुदान वितरण गरेका हुन् । 

नेपाल सरकारले २०७३ श्रावण २१ गते देशभरिका दलित समुदायलाई हरेक बालबालिकाको जन्मदर्ता गर्दा अभिभावकलाई एक हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको २१ साउनमा बसेको बैठकले दलित समुदायलाई जन्मदर्तामा प्रोत्साहित गर्न त्यस्तो अनुदान दिने निर्णय गरेको हो ।

देशभर हाल जति बच्चा जन्मन्छन्, त्यसको ५८ प्रतिशत हाराहारीको मात्र जन्मदर्ता हुने गरेको बताइएको छ । सरकारले दलित समुदायका ५ वर्षसम्मका बालबालिकालाई जनही प्रतिमहिना चारसय रुपैयाँ बालसंरक्षण अनुदान दिने गरेको छ । एक परिवारका २ जना बच्चासम्मका लागि बाल संरक्षण अनुदान दिने गरिएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg