nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्धा दर्ता

aaaa-1626858715.jpg

मकवानपुर प्रहरीले आर्थिक वर्ष २०७७÷७८ मा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १३९ जना नेपाली पुरुष, ९ जना नेपाली महिला र ३ जना भारतीय पुरुष रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार असार महिनामा सबैभन्दा धेरै ३६ जना पक्राउ परेका थिए । त्यस्तै चैतमा २२ जना, जेठमा १५ जना, पुसमा १४ जना, फागुनमा १३ जना र कात्तिकमा १० जना पक्राउ परेका थिए । प्रहरीले एक वर्षको अवधिमा लागूऔषध ओसारपसारको आरोपमा ९९ वटा मुद्धा दर्ता गरेको थियो । 

एक वर्षभित्र मकवानपुर प्रहरीले १ हजार ७९० किलो गाँजा, साँढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरेको मकवापुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । 

त्यसैगरी ७ हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद भएको उनले बताए । प्रहरीले २९६ बोत्तल कोरेक्ससमेत बरामद गरेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)