Monday, 7th September, 2026
वि.स.

मकवानपुरमा राणाकालीन आकासे फोहरा सञ्चालन

तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको बेलायत भ्रमणपछि आउने विदेशी पाहूनाहरुको स्वागतार्थ मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा निर्मित आकासे धाराको जीर्णाेद्धार गरिएको छ।

भीमफेदी गाउँपालिकाले राणाकालीन आकासे धाराको जीर्णाेद्धार गरी उद्घाटन गरेको हो। भीमफेदी बजारमा रहेको आकासे धारा परिसरमा तत्कालीन राणा तथा राजाकार परिवारहरु चितवन राष्ट्रिय निकुन्जमा शिकार खेल्न आउँदा/जाँदा आराम गर्ने गर्थे। त्यतिखेर भीमफेदीमा रहेका अड्डाहरुमा उनीहरुको बास हुने गर्दथ्यो।

बिक्रम सम्बत १८६४ मा ऐतिहाँसिक फोहरा धारा निर्माण भएको थियो। राणाकालीन अबस्थाको बनाउन नसकिएपनि त्यस्तै झल्को दिनेगरी फोहरा फुट्ने गरी पानी चल्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए। उनले आकासे फोहरा धारा पार्क र त्यस परिसरलाई आगामी दिनमा सूचना पार्कको रुपमा विकास गर्ने योजना रहेको सुनाए।

उद्घाटन कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष सीताराम थापाले ऐतिहाँसिक फोहरा धारा पार्कलाई इ लाइब्रेरी स्थापना गरी सूचना पार्कको रुपमा विकास गर्ने कार्यका लागि गाउँपालिका अघि बढेको र यसै बर्ष २ लाख रुपियाँ बिनियोजन भएको जानकारी दिए। कार्यक्रममा उपाध्यक्ष पार्वती राना, वडा अध्यक्षहरु जहारसिंह लामा, जगतमान घिसिङ, कार्यपालिका सदस्य मंगल श्रेष्ठ, सरिता परियार, योजना अधिकृत बद्री सापकोटा, राजश्व प्रमुख किरण थापा लगायतको सहभागिता रहेको थियो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०