Sunday, 6th September, 2026
वि.स.

मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ जाने टाटासुमोमा यात्रु निरन्तर ठगिएको भन्ने सूचनाको आधारमा २ पौषमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका प्रहरी टोलीले तोकिएको भन्दा बढी भाडा असुल गर्ने व्यक्तिहरु सवारी साधन सहित पक्राउ गरेको हो । प्रहरीले ना १ ज २४४० नम्बरको सुमोका चालक २१ वर्षीय राजु प्रसाद थपलियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालक थपलिया मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्छन् ।

त्यस्तै ना १ ज ६२५० नम्बरको सुमोका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ३४ वर्षीय सुकबहादुर थिङ, बा १५ च ९०३८ नम्बरको स्कारपियोका चालक नुवाकोट जिल्लाको वेलकोट ८ बस्ने वर्ष ५० वर्षीय नरबहादुर नेपाललाई समेत पक्राउ मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले टिकट काउण्टरबाट टिकट बेच्ने हेटौंडा १३ का ३० वर्षिय दिपक लामा र हेटौंडा १ का ३७ वर्षिय धिरव राजथलालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०