nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा फेरि एक साता थपियाे निषेधाज्ञा

IMG_20210721_194328-1626876348.jpg

मकवानपुरमा आगामी १४ साउनसम्म निषेधाज्ञा थप गरिएको छ । ६ साउन बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । तर, हेटौंडा बजारमा भीड भने कायमै छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा गर्ने तर, कार्यान्वयन पक्ष अत्यन्तै फितलो रहेको छ ।

बैठकले ७ साउन राति १२ बजेदेखि १४ साउन बिहिबार राति बजेसम्म गरी थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर, जोखिम यथावत नै रहेको हुँदा संक्रामक रोग २०२० को दफा २, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

निषेधज्ञामा यस अघिको निर्णयलाई यथावत राखिएको छ । जस अनुसार बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन हुनेछन् । संघिय सरकारले बन्द गरेका शैक्षिक सस्था सहितका ब्यवसाय भने बन्द नै रहने छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)