Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा दुई सवारीमा आगजनी

मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । जिल्लाको उत्तरी क्षेत्र स्थित थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा अज्ञात समूहले दुई सवारीमा आगजनी गरेको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारो रिसोर्ट अगाडि रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ । तीन जनाको संख्यामा रहेका व्यक्तिहरुले गुडिरहेको गाडी रोकेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना प्रहरी चौकी सिमभन्ज्याङदेखि करिब ५ सय मीटर नजिकै भएको हो । 

आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् । आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा यो समूहले बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०