nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा दुई लाख ३३ हजार आठ सय मतदाता, फागुन ९ गतेसम्म १८ वर्ष पुग्नेले मात्र मतदान गर्न पाउने

Chunab-Cover-1488186273.jpg

मकवानपुरमा दुई लाख ३३ हजार आठ सय नौजनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । दर्ता भएका मध्ये पुरुषतर्फ एक लाख १९ हजार ५७ जना, महिलातर्फ एक लाख १४ हजार सात सय ४७ जना तथा पाँच जना तेस्रो लिङ्गीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचनको मिति घोषणा भएको मिति ९ फागुनमा १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दिनेश श्रेष्ठका अनुसार– ‘निर्वाचन आयोगले १६ वर्ष पुगेकाहरुको नाम दर्ता गर्छ । दर्ता भएका सबैले मतदान गर्न पाउँदैनन् । १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउँछन् ।’ श्रेष्ठका अनुसार २०७३ असोज महिनासम्म कार्यालयमा दर्ता भएका सम्पूर्ण मतदाताको नामावली अद्यावधिक भइसकेका छ ।

कार्यालयका अनुसार २०७३ कात्तिक १ गतेदेखि फागुन ९ गतेसम्म नामावली दर्ता गराएकाहरु र १८ वर्ष पूरा भएका व्यक्तिहरुको अन्तिम नामावली निर्वाचन कार्यालयले फागुन १७ गते प्रकाशन गर्नेछ । मतदाता नामावलीमा कुनै त्रुटि भएको खण्डमा फागुन २१ गतेसम्ममा सच्याउन सकिने जिल्ल निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय निकाय पुनर्संरचना आयोगको अन्तिम प्रतिवेदन नआउँदा निर्वाचनको तयारी गर्न केही कठिन भएको श्रेष्ठले बताए ।