Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा कानुनी सहजकर्ताको लागि ३४८ जनाको आवेदन
थाहाका लागि १३, इन्द्रसरोवरका लागि ९ जनाको आवेदन

shj-1565523023.jpg

मकवानपुरका १० स्थानीय तहका लागि करारमा नियुक्त गर्ने भनिएको कानुनी सहजकर्ताका लागि ३ सय ४८ जनाले आवेदन दिएका छन् । बिहीबार अन्तिम दिन सम्म जिल्लाका १० पालिकाका लागि ३ सय ४८ जनाले आवेदन दिएका हुन । 
३ नम्बर प्रदेश सरकारले प्रदेशका १ सय १६ स्थानिय तहमा न्यायिक समितिलाई काम गर्न सहज होस भन्ने उदेश्यका साथ करारमा कानुनी सहजकर्ता नियुक्त गर्न लागेको हो । प्रदेश सरकारले कार्यविधि बनाएर जिल्ला समन्वय समितिलाई जिम्मा दिएर हरेक जिल्लाका स्थानिय तहमा कानुनी सहजकर्ता नियुक्त गर्न लागेको हो । जस मध्ये मकवानपुरका १० स्थानिय तहका लागि ३ सय ४८ जनाले आवेदन दिएको जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीम मर्हजनले जानकारी दिनुभएको छ । 
जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा आवेदन परेको उनले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकामा १ सय ३० जनाले आवेदन दिएका छन् । त्यस्तै थाहा नगरपालिकाका लागि १३ जना, भीमफेदी गाउँपालिकाका लागि ३२ जना, इन्द्रसरोवर गाउँपालिकाका लागि सबै भन्दा कम ९ जना र कैलास गाउँपालिकाका लागि १० जनाले आवेदन दिएको उनले जानकारी दिए । 
त्यस्तै मनहरी गाउँपालिकाका लागि ४४ जना, राक्सिराङ गाउँपालिकाका लागि १७ जना, मकवानपुरगढी गाउँपालिकाका लागि ३८ जना, बकैया गाउँपालिकाका लागि ३६ जना र बागमति गाउँपालिकाका लागि १९ जनाले आवेदन दिएको उनले जानकारी दिए । आवेदन दिएका मध्ये हरेक स्थानिय तहकालागि १ जनाका दरले अन्तरबार्ताका माध्यमबाट छनोट गरेर न्यायिक समितिलाई सहजकर्ता पठाईने उनले बताए। सहजकर्ताले न्यायिक समितिमा रहेर काम गर्नुपर्ने तथा त्यसको तलब सुबिधाको व्यवस्था भने प्रदेश सरकारले व्योहोर्ने उनले जानकारी दिए । आवेदन दिएकाहरुलाई सम्पर्क मिति दिईएको साथै सुचना मार्फत उनिहरुलाई अन्तरबार्तामा सहभागि गराईने मर्हजनले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०