nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा काेराेना पुष्टि भएको दुई दिनमै एक महिलाको मृत्यु

1617769617_Nepal-corona-d-1627635014.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनमै एक संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-१८ की ४८ वर्षीया महिला रहेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झा ले जानकारी दिए ।

झाका अनुसार महिलामा दुई दिन अघि साउन १३ गते एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनलाई हिजो साउन १४ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको १५ साउन बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको अधिकारी झाले बताए । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)